फिल्ममा डान्स ड्रमा



आगामी २१ गते अल नेपाल रिलिजमा आउने फिल्म ज्याकी आई एम ट्वान्टी वानको टझेलर हालै सार्वजनिक गरिएको छ।

फिल्मको तीन मिनेट १५ सेकेन्ड लामो टझेलरमा एक जोडी प्रेमी प्रेमिकाले परिवार र समाजसँग गरेको संघर्ष र त्यागका साथमा नृत्यका विभिन्न अंश र द्वन्द्व प्रस्तुत गरिएको छ। बबु र आफ्नो सपनाको दोधारमा अल्झिएको ज्याकीको कथामा निर्माण गरिएको फिल्म नेपालकै पहिलो डान्स डझामा हो। रेनशा राई रानाको निर्देशनमा बनेको फिल्म आईकोर फिल्मस्को ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन्।

धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, नुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजाता राई, सूर्यमन लिम्बू, विकास जोशी, प्रदीप लामा, सुशान्त गौतम, नारायणदेवी प्रधान, रिजोन परियार, विकास जोशीलगायतका कलाकारले अभिनय गरेको फिल्ममा सोमनाथ खनाल र रेनशा राई रानाको संवाद, रोहित शाक्य, स्वप्निल शर्मा र कालीप्रसाद बाँस्कोटाको संगीत, द वाइल्र्ड रिपर्ज त्र्mयुको कोरियोग्राफी, सुशान्त प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

यो फिल्मले नेपाली समाजकै कथा भन्छ। अभाव, गरिबी र सपनाको दोसाँधमा अल्झिएका युवाको कथा हामीले भन्ने कोशिश गरेका छौ। मलाई सधैं नै चुनौती मनपर्छ। यो फिल्म पनि एउटा चुनौतीलाई स्वीकार गरेको परिणाम हो, निर्देशक रेनेशाले कार्यक्रममा भनिन्। नायक धिरज मगरले यो दर्शकका लागि बिल्कुलै फरक स्वादको फिल्म हुने बताए। नायिका जसिता गुरुङले फिल्मबाट आफूलाई धेरै आशा भएको बताइन्।

प्रतिक्रिया दिनुहोस्