पूजा बिहेको मुडमा



नायिका पूजा शर्माले यो वर्ष वैवाहिक जीवनमा बाँधिने खुलाएकी छिन्। नयाँ वर्षको अवसरमा राजधानीको काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले सो खुलासा गरेकी हुन्।

पूजाले यो वर्ष आफूले केही कुरा सोचेको र त्यसलाई पूरा गर्न तल्लिन रहने बताइन्। यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णयसमेत लिँदैछु। यो वर्ष वैवाहिक जीवनमा बाँधिने मेरो तयारी छ, कार्यक्रममा पूजाले भनिन्। उनले अब कुनै पनि कुरामा सोचेर मात्र बोल्नेसमेत बताइन्। फेसियल हाउसकी संचालिक सुष्मा महराले नेपाली कला संस्कृति झल्काउने उद्देश्यले क्यालेन्डर तयार पारेर सार्वजनिक गरेको बताइन्। सार्वजनिक क्यालेन्डरमा वर्षभरिका पर्वअनुसारका फोटो समावेश छ।

प्रतिक्रिया दिनुहोस्