देशभर एक्लै आउने भयो बहाव



राजधानी र जिल्लामा छुट्टाछुट्टै प्रिमियर शो गरी फिल्म बहाव आज हुक्रबारबाट एकल रुपमा देशभरबाट रिलिजमा आउने भएको छ।

सँगै आउने तय भएको फिल्म प्रसाद २ निर्माताबीचको लेनदेन विवादका कारण उच्च अदालत पाटनको आदेशले रिलिज स्थगित भएपछि बहाबले सिंगल रिलिजको अवसर पाएको हो। रिलिजअघि फिल्मको निर्माण समूहले बुधबार राजधानी र बिहीबार पोखरामा प्रिमियर शो आयोजना गरेको छ। राजधानीमा सम्पन्न प्रिमियरमा फिल्म सकरात्मक प्रतिक्रिया संकलन गरेको छ।

राजधानीमा सम्पन्न प्रिमियर शोमा एमाले नेता रघुजी पन्तले बहावको विषयवस्तु नयाँ भएकोले यसले फरक स्वाद दिने चर्चा गरे। ञफिल्मले हामीले समाजमा देख्दै र भोग्दै आएको विषयलाई गम्भीर किसिमले उठान गरेको छु नेता पन्तको भनाइ थियो। पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले फिल्मले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए। ञयस्तो फिल्मले समाजलाई बदल्न महङ्कवपूर्ण भूमिका खेल्छु फिल्म निर्मँता तथा निर्देशक नरेश पौडेलले बहाव फरक शैलीमा बनेको र जापानी फिल्म हेरेको अनुभव गरेको बताए।

कलाकार तथा रंगकर्मी विजय बरालले फिल्मको कन्सेप्ट आफूलाई मनपरेको बताए। अभिनेत्री लुनिभा तुलाधरले फिल्मले मानसिक स्वास्थ्यको विषय उठान गरेको जनाइन्। फिल्मका अभिनेता कमलमणि नेपालले फिल्ममा आफू कठोर देखिए पनि वास्तविक जीवनमा कमलो मनको भएको खुलाए।

जिज्ञासा, विचार र यथार्थ विषयवस्तु बोकेको फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको ब्यानरमा निर्माण श्रीधर पौडेलले निर्माण गरेका हुन्। उनले यसअघि नेपाल सरकारको राष्ट्रिय अवार्ड प्राप्त फिल्म गोपी निर्माण गरेका थिए।

फिल्ममा कमलमणि नेपाल, सुरक्षा पन्त, अफरान अली, सूर्य शर्मा भद्म, ईश्वरी सिंह, हीरालाल क™डेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन्। प्रमोद क™डेलको लेखन र निर्देशनमा बनेको फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सज्जा चौलागाईंको स्वर, कार्तिकेय स्मिता कर्नाटकको छायांकन र सुजन बडालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्