मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



सप्तरी ।

बोदेवरसाइन नगरपालिका २ बेलहानजिक विसनपुर स्वर्णपट्टी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ ।

माेटरसाइकल दुर्घटनामा परेर बोदेवरसाइन नगरपालिका– ५ भाटीनका १७ वर्षीय सागर पण्डितको मृत्यु भएको हाे ।

विसनपुरबाट बोदेवरसाइनतर्फ आउँदै गरेको बा १७ प ९४७५ नम्बरको मोटरसाइकल बोदेवरसाइन-२ वैरियामा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सागर पण्डित र १५ वार्षीय सुमित पण्डित घाइते भएका थिए ।

उनीहरुलाई तत्काल वरसाइन स्थित जीवनज्योति अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मोटरसाईकल चालक सागरको मृत्यु भएको र मोटरसाइकल पछाडि सवार १५ वार्षीय सुमित पण्डितको उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्