मस्जिदको विषयमा कुटाकुट, २ जना गम्भीर



सप्तरी। 

सप्तरीमा मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.१२ सोनमा बस्ने ५३ वर्षीय शोभराति मिया र ७० वर्षीय इस्लाम मियाबीच मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

इस्लाम मियाको शरीरको विभिन्न भागमा चोट लागेको र स्थानीय मो. फरसुदको छोरा ११ वर्षीय मो. अजादको निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्