अन्ततः यो वर्ष नआउने भयो प्रसाद-२



निर्माण शुरु हुनु अघिदेखि नै विवादमा मुछिदै आएको सामाजिक कथाको फिल्म प्रसाद–२ चर्को लेनदेन विवादका कारण अन्ततः यो वर्ष रिलिजमा नआउने भएको छ।

फिल्मका निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाले आप्mनो रकम नदिएको भन्दै फिल्मको रिलिज रोक्ने माग राखेर उच्च अदालत पाटनमा दायर गरेको रिटमा अदातले उनको मागबमोजिम रिलिज रोक्न अल्पकालीन आदेश जारी गरेका कारण प्रसाद–२ यो वर्ष रिलिज नहुने भएको हो। फिल्म भोलि शुक्रबार रिलिज गर्ने तय गरिएको थियो।

निर्माता पाण्डेले फिल्मको रिलिज रोक्नका लागि सेन्सर रोक्न चलचित्र विकास बोर्डमा उजुरी गर्न खोजे पनि बोर्डले लेनदेनको विषय बोर्डले नहुर्ने जवाफ दिँदै विभिन्न संघ संस्थाको रोहवरमा सहमति गर्न खोजेपछि पाण्डे अदालत पुगेका थिए। सोबमोजिम मंगलबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले प्रसाद–२ को प्रदर्शन रोक्न आदेश दिएको हो। उनको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले आगामी आइतबार दुवै पक्षलाई बोलाएको छ।

पाण्डेको उजुरीपछि नेपाल प्रहरीले निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिध्र कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ। तर, निर्माता थापा फरार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्