अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प अदालतमा उपस्थित हुँदै

0
Shares

एजेन्सी ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार न्युयोर्क अदालतमा बयान दिनका लागि उपस्थित हुँदै छन्। अदालतमा उपस्थित हुनु एक दिनअघि ७६ वर्षे पूर्वराष्ट्रपति सोमवार फ्लोरिडाबाट न्यूयोर्क पुगेका छन्।

सन् २०१६ मा भएकाे राष्ट्रपतीय निर्वाचन ताका पोर्न स्टार स्टर्मी ड्यानियल्सलाई अवैध रकम दिएको र उक्त भुक्तानीलाई ब्यापारी कारोबारमा देखाएको आरोपमा ट्रम्पमाथि छानविन भइरहेको छ ।

७६ वर्षीय ट्रम्प आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन । तर उनले भने कुनै गलत काम नगरेको दावी गर्दै आएका छन् ।