चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा



सप्तरी।

डाक्नेश्वरी नगरपालिका-४ स्थित कुशाहा सीमा इलाकाबाट चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

मंगलबार करिव २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

उक्त मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा चिनी र भारततर्फ लैजाँदै गरेको मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बिओपी पातो)ले नियन्त्रणमा लिएको हो ।

बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बेल्ही तिलाठीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्