झरनाको चिसो पानी रिमेक भर्सनमा

0
Shares

जमानाको सुपरहिट गीत झरनाको चिसो पानी नयाँ भर्सनमा आएको छ। गीतकार रचनाकार सुरेश अधिकारीले नै गाएको यो गीत दुई गायक गायिकाको स्वरमा आएको हो।

दुई दशकभन्दा लामो इतिहास बोकेको गीतका गीतकार तथा गायक सुरेश अधिकारीको गीत लोकप्रिय गायक राजु लामा र गायिका मेलिना राईको स्वरमा आएको हो। गीत सगरमाथा डिजिटल प्रालिले रिमेक गरेको हो। गीतमा संगीत संयोजन योगेशकाजी शाहको रहेको छ।

गीतकार अधिकारीको शब्द रचनामा रहेको गीतमा निरज कुमार सुनारको संगीत छ। कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी गराएको छ। ञसबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो, कम्पनीका अध्यक्ष हीरा केसीको भनाइ छ। गीत रिमेक गर्न रचनाकार, संगीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनले बताए। केही दिनअघि सार्वजनिक गीतको अडियो युट्युबको टझेन्डिध्रमा छ। गीतमाथि कुलेखानी आसपासका मनोरम दृश्यमा भिडियो बनाइएको छ। मौसम हिमालीद्वारा निर्देशित भिडियोमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन्।