मानव बेचबिखन मुद्दामा परियारलाई  २ वर्ष कैद 



धादिङ। 

जिल्ला अदालत धादिङले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक महिलालाई  २ वर्ष  कैद गर्ने  फैसला गरेको छ ।

२१ वर्षीया एक महिलालाई गल्छी गाउँपालिका २ की ४५ वर्षीया बालकुमारी परियारले भारतमा लगेर बिक्री गरेको आरोपमा गत  साउन १३ मा  पीडितले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए  ।

न्यायधिस स्वीकृति पराजुलीको इजलासले यही चैत ६ गते कसुर निर्धारण गरेको र आज  २ वर्ष कैद गर्ने फैसला भएको हो ।

पीडित परिवारले महिला बेचबिखन भएको भन्दै काठमाडौँ स्थित प्रहरी कार्यालयमा उजुरी पनि दिएका थिए ।

पीडित परिवारको तर्फबाट जानकारी पाएपछि माइती नेपालको सहयोगमा भारतीय प्रहरी समेतले उद्धार गरी पीडितलाई परिवारको जिम्मा लगाइएको थियो ।

भारतमा पुगेकी अभियुक्त नेपाल फर्केपछि उजुरी परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्