एनसेल बाह्रखरी गल्फ वैशाखमा



काठमाडौँ। 

एनसेल बाह्रखरी कर्पोरेट गल्फ आगामी वैशाखमा आयोजना हुने भएको छ ।

बाह्रखरी मिडियाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता वैशाख ९ गते हुने जनाएको छ । गोकर्णस्थित गोकर्ण गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा १ सय १० खेलाडीले सहभागिता जनाउने छन्  ।

गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा खेलाडीले प्रतिस्पर्धा गर्ने बताएका छन्  ।

प्रतियोगिताको विजेताले सुनको गल्फ बल प्राप्त गर्नेछन् ।यस्तै होल इन वन गर्ने खेलाडीले हुन्डाईको भेन्यु गाडी पाउने छन् ।

बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिजले समेत पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्