डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जानाको मृत्यु



रामेछाप ।

रामेछापमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जानाको मृत्यु भएको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुममा पर्ने बेल डाँडाँमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

सुनापति गाउँपालिका वडा नम्बर २ दिमिपोखरी बाट काठमाण्डौं जादै गरेको बा १६ च ३२२५ नम्बरको डबल क्यापको बोलेरो दुर्घटना हुँदा खाँडादेवी गाउँपालिका ७ निवासी ३२ वर्षिय कर्मसिङ लामाको घट्ना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी अन्य ७ जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेकोहरुको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागी पठाएको रामेछाप प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्