बेवारिसे अवस्थामा राखेको चामल तथा युरिया मल बरामद



कपिलवस्तु।

कपिलवस्तुको यशोधरा गाउँपालिका ७ नुनुवाबाट करीब २ लाख ६७ हजार रुपैयाँ बराबरको ५२ क्विन्टल चामल र साढे ३ क्विन्टल युरिया मल बरामद गरिएको छ ।

भारतबाट अवैध रुपले ल्याई बेवारिसे अवस्थामा राखेको उक्त चामल तथा मल सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादापुर र सुठौली भन्सार कार्यालयका कर्मचारीले बरामद गरेका हुन्।

बरामद चालम तथा मल सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्