नेपाल शिक्षक संघमा शम्भु



काठमाडौं।

नेपाल शिक्षक संघ काभ्रेको नयाँ नेतृत्व चयन भएको छ । शनिबार बनेपामा भएको नवौं जिल्ला अधिवेशनले शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा कार्यसमिति, संघीय र प्रदेश प्रतिनिधि समेत सर्वसम्मत चयन गरेको छ ।

समितिमा उपाध्यक्ष (महिला) मा रुपा थापा, उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ, सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ) मा सिताराम लामा, सहसचिव (महिला) मा फुलकुमारी लामा, सहसचिवमा मेघनाथ तिमल्सिना, सहसचिव (अर्थ) मा महेश्वरी थापा, सहसचिव (समावेशी) मा रामप्रसाद चौलागाई र नवराज लामा निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा दिनानाथ ढुंगाना, पञ्चसिं लामा, मायादेवी श्रेष्ठ, भीमलाल लामा, दुर्गा गौतम, सिता कँडेल, पूर्णदास श्रेष्ठ निर्विरोध भए ।

संघीय प्रतिनिधिमा राजेशराज महत, किशोर अधिकारी, राजकुमार आचार्य, हिराबहादुर लामा, गोविन्द शर्मा,  सानुमैया कट्टेल, विश्वतारा तिमल्सिना र प्रदेश प्रतिनिधिमा ध्रुवप्रसाद चौलागाई, पशुपति सिलवाल, रुपेश लामा, रामबहादुर घ्यावा, प्रतिभा खतिवडा, शिवप्रसाद ढुंगाना, हरिप्रिया रेग्मी र सम्झना पाण्डे निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक ध्रुवप्रसाद भट्टराईले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

कार्यक्रममा शिक्षक संघ काभ्रेको संगठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दुर्गानाथ शास्त्री, नारायण तिमल्सिना र आश्विनप्रसाद चौलागाईलाई सम्मान गरिएको थियो ।

अघिल्लो समितिले शिक्षकहरुको नवीकरण गरेको रकम पारदर्शी नभएको, संगठनलाई व्यक्तीकरण गरेको, संघको हित भन्दा पनि व्यक्तिको हितमा काम गरेको भन्दै शिक्षकहरुको असन्तुष्टि रहेको थियो ।

यो अधिवेशनका लागि १३ वटा पालिकामा भएको अधिवेशनबाट १०५६ शिक्षक नवीकरण गरेका थिए । अघिल्लो अधिवेशनमा १६०६ शिक्षकले नवीकरण गरेका थिए । अधिवेशनमा भने १ सय ७७ शिक्षक मात्रै सहभागी थिए । अधिवेशनमा काँग्रेस नेता शिवप्रसाद हुमागाईँ निकट शिक्षकहरु मात्रै सहभागी थिए भने नेताहरु मधु आचार्य, महेश खरेल, कञ्चन बादे निकट शिक्षकहरु अनुपस्थित रहे ।

पार्टीलाई जानकारी गराउँदा गराउँदै पनि सहमतिको प्रयास नगरेकाले बहिस्कार गरिएको एक शिक्षक नेताले जानकारी दिए । शिक्षक संघमा रहेर कुनै हित नहुने देखिएकाले बहिस्कार गरिएको उनले बताए काँग्रेसले मधु आचार्य र महेश खरेललाई कारबाही सिफारिस गरेको छ भने कञ्चनचन्द्र बादेलाई सचेत गराएको छ ।

यस अघिको समितिमा अध्यक्ष राजेशराज महत थिए । उनी अहिले पनौती नगरपालिकाका प्रमुख रामशरण भन्ण्डारीका स्वकियका रुपमा कार्यरत छन् भने सचिव अर्थ प्रेमकृष्ण श्रेष्ठ थिए । अहिले उनी उपाध्यक्ष छन् । उनीहरुको समितिले बैक खाता संचालन नगरी कारोबार गरेर शिक्षकहरुबाट प्राप्त नवीकरण तथा अन्य सहयोग हिनामिना गरेको आरोप असन्तुष्ट समूहले लगाएको छ ।

असन्तुष्ट समूहले बहिस्कार गरेपछि एक समूह मात्रै अधिवेशनमा सहभागी भएका थिए । १७७ जना मात्रै शिक्षकहरु सहभागी अधिवेशनको वैधानिकताका बारेमा समेत शिक्षकहरुले विद्यानत प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्