डोटीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना



डोटी। 

डोटीको दिपायलमा आज वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । ग्लोबल मोनी विक २०२३ का अवसरमा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिपायलको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा रहेको दिल्पेश्वर माविमा आज वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाका सहायक शाखा प्रबन्धक सुबोध पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा रहेका बिद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

सो कार्यक्रममा मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, विद्यार्थी बचत खाता, क्युआर कोड लगायतका बैङ्किङ सेवाहरुका बारेमा प्रशिक्षण दिइएको थियो । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिपायलले आफ्नो विद्यालयमा रहेका बिद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको भन्दै सो विद्यालयका प्रधानाध्यापक दीर्घराज कठायतले धन्यवाद व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्