लागूऔषधसहित २ जना पक्राउ



काठमाडाैं ।

झापा र पर्साबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । झापाकाे बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

पर्साकाे कालिकामाई गाउँपालिका-१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब १० केजीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्