रोजगारी सिर्जना गर्न ललितपुर– १६ को फोटोग्राफी तालिम



ललितपुर।

युवा रोजगारीलाई ध्यानमा राखेर ललितपुर महानगरपालिका – १६ वडा कार्यालयले आयोजना गरेको फोटोग्राफी तालिम समापन गरिएको छ ।

कार्यालयले फोटो सलोनसंग सहकार्य गरी सो तालिम सञ्चालन गरेको हो । एक समारोहका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वडाअध्यक्ष निर्मलरत्न शाक्यले युवावर्गको फोटोग्राफीप्रति बढ्दो आकर्षण र त्यसले रोजगारीमा टेवा पु¥याउने विश्वास गर्दै तालिम सञ्चालन गरिएको बताउनुभयो।तालिममा सिकाइएका ज्ञान, सीपलाई अभ्यासबाट समृद्ध पानुपर्नेमा अध्यक्ष शाक्यले जोडदिनुभयो।

तालिमका प्रशिक्षक अमित बज्राचार्यले जापानमा दिइने तालिमको कोर्शलाई आधार बनाएर फोटोग्राफीको प्राविधिक र सैद्धान्तिक ज्ञान दिइएको जानकारी दिनुभयो। यसले फोटोग्राफी क्षेत्रमा दक्ष बन्न सो कोर्श पर्याप्त भएको जनाउँदै प्रशिक्षक बज्राचार्यले यसलाई व्यवहारमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो।

४५ दिने सो तालिममा सहभागीहरुलाई व्यावहारिक अभ्यास पनि गराइएको थियो। तालिममा १४ जनाको सहभागिता रहेको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्