कुटपिटबाट पत्रकार घाइते



धादिङ ।

गजुरी गाउँपालिका -१ निवासी नेपाल पत्रकार महासंघ धादिङका सदस्य तथा ग्यालेक्सी फाेरके टेलिभिजनका सम्वाददाता ३४ वर्षीय विकास राैनियारलाई अबैध बालुवा उद्योगकाे समाचार र भिडियाे खिचेकाे आराेपमा ०७९ चैत ११ राती वालुवा उद्योग संचालकहरुले कुटपिट गर्दा घाइते भएका छन् ।
घरमा बसेकाे समय गजुरी गाउँपालिका-१ गजुरीबजारमा बाेलाएर गजुरी गाउँपालिका-१ का ३० वर्षीय दिनेश भण्डारी र ३० वर्षीय रोशन गुरुङले कुटपिट गर्दा राैनियार घाइते भएकाे पीडितले बताउनुभयाे ।

घाइते पत्रकार राैनियारकाे गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेकाे छ ।

घटनामा सम्लग्न आराेपितहरुलाई प्रहरीले चैत ११ गते राती गिरफ्तार र आराेपित विरुद्ध अभद्र व्यवहार अन्तरगत मुद्दा दर्ता गरिएकाे ईलाका प्रहरी कार्यालय गजुरीका दिपेन्द्र कुँवरले बताउनुभयाे ।

घटनामा सम्लग्नहरुलाई कारबाहीकाे माग गर्दै नेपाल पत्रकार महासंघ धादिङले प्रेस विज्ञप्ति प्रकाशन गर्दै पत्रकारको मर्यादित पेशा प्रति सम्मान गर्न सचेत गराउँदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार संकलन, प्रकाशन/प्रशारण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसंग माग गरेकाे छ ।
सीताराम अधिकारी

 

 

प्रतिक्रिया दिनुहोस्