भारतको घरेलु मैदानमा अस्ट्रेलियाको धाक



काठमाडौंं।

भारत र अस्ट्रेलियाबीचको तीन खेलको वानडे सिरिज अस्ट्रेलियाले २–१ ले जितेको छ । अस्टे«लियाले यो सिरिजमा कमब्याक गरेर सिरिज हात पारेको हो । यो सिरिजले धेरै अर्थमा भारतलाई कमजोर सावित गरिएको छ । भारतलाई उनीहरुकै मैदानमा हराउन निकै मुश्किलको काम हो । विगतदेखि खेलको नतिजा हेर्ने हो भने भारतमा खेल्दा एक साधारण बलर वा ब्याटरले राम्रै प्रदर्शन गरिरहेका हुन्छन् ।

तर, यसपालि भने भारतको मैदानमा अस्टे«लियाले निकै शानदार प्रदर्शन गरेर धाक जमायो । पहिलो खेल जितेर भारतले सिरिजमा १–० को अग्रता लिएको थियो । यसपछि भने खेलको नतिजा अस्टे«लियाले आफ्नोतिर धल्कायो । दोस्रो खेलमा भारतलाई १ सय १८ रनमै प्याकअप गरिदिएको थियो र १० विकेटले आरामका साथ अस्टे«लियाले जित निकाल्यो । तेस्रो तथा निर्णायक खेलमा अस्टे«लिया २१ रनले विजयी भयो ।

भारतले घरेलु मैदानमा २०१९ यता २४ सिरिज जितेको छ भने २ सिरिजमा बराबरीको नतिजा बेहोरेको छ । २६ सिरिजपछि अस्टे«लियाले भारतलाई उसैको मैदानमा चित बनाइदियो । यसअघि फेब्रुवरी २०१९ मा अस्टे«लियाले भारतलाई ५ वानडेको सिरिजमा ३–२ ले हराएको थियो । यो सिरिजमा पहिलो दुई खेल भारतले जितेको थियो यसपछि भने अस्टे«लियाले कमब्याक गर्दै तीनै खेल जितेर सिरिज हात पारेको थियो ।

यसपछि भारतले ७ वानडे र ६ टेस्ट सिरिज जितेको थियो । सात वटा वानडे सिरिजमा वेस्टइन्डिजविरुद्ध दुई पटक तथा अस्टे«लिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र न्युजिल्यान्डविरुद्ध एक–एक सिरिज भारतले जितेको थियो । यस्तै भारतले १३ वटा टी २० सिरिजमा ११ मा जित हासिल गरेको थियो । यसमध्ये २ सिरिज बराबरी खेलेको थियो । यसरी भारतले सबै फरम्याटमा गरी २६ सिरिजमा अपराजित यात्रा कायम गरेको थियो । अब, यो अपराजित यात्रामा विश्राम लगाइदियो स्टिभ स्मिथको टोलीले ।

भारतमा कोही खेलाडी पनि कम छैनन् । विराट कोहली लयमा छन् । रोहित शर्मा, शुभमन गिल, केएल राहुलले पनि राम्रै खेलेका छन् । अझ हार्दिक पाण्डेले त विस्फोटक ब्याटिङ प्रस्तुत गरेका छन् । यसको बावजुद भारतले अस्टे«लियालाई हराउन सकेन । यसमा अस्टे«लियाका बलर पनि कहि न कहि भारतीय व्याटरमाथि हावी भए । एडाम जाम्पा, मिचेल स्टार्क जस्ता बलरले भारतीय ब्याटिङलाई नियन्त्रणमा राखेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्