त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला


काठमाडाैं  । 

त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन्। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन्।

नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले संगठनको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजित तीन महिना भित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरि वडैलालाई जिम्मेवारी दिइएको उनले बताए।

उता वडैलाले संगठनले दिएको जिम्मेवारी आफूले पुरा गर्ने बताएका छन्। ‘मलाई संगठनले विश्वास गरेर जिम्मेवारी दिएको छ। म सधैँ त्रिविमा संगठन निर्माणमा क्रियाशील थिए। यो जिम्मेवारीले मलाई संगठनलाई थप गतिशील बनाउन प्रेरेरित गरेको छ’, उनले भने।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।