मोहनले पनि गरे प्यानल घोषणा



नेपाल चलचित्र कलाकार संघको शनिबार हुने चुनावका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका फिल्मकर्मी मोहन निरौलाले पनि आफ्नो प्यानल घोषणा गरेका छन्। निरौलाले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्नो एजेन्डा प्रस्तुत गर्दै प्यानलका अन्य पदका उम्मेदवारको नाम घोषणा गरेका हुन्। उनको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन डीबी र कविता गेलाल, महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनील कटुवाल रहेका छन्।

उनको प्यानलबाट सह– कोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य भने निर्विरोध भएकी छिन्। उनको प्यानलबाट सदस्यको उम्मेदवारमा भने गोपाल ढकाल, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, उद्धवप्रसाद भट्टराई, शीतल केसी, पवन केसी, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, समीर लामा,सुनीलकुमार पुरी, गोपीलाल तामाङ र निर्मल स्याङ्तान रहेका छन्।

संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्तासमेत रहेका निरौलाले कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षालगायतलाई आफ्नो एजेन्डामा समावेश गरेका छन्। यसअघि, बुधबार अध्यक्ष पदकी अर्की उम्मेदवार रेजिना उप्रेतीले प्यानल घोषणा गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्