सिमकोटमा राष्ट्रपति रनिङ शिल्ड हुने



हुम्ला । सिमकोट गाउँपालिकाले आगामी बैशाख २ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको फागुन १९ गते बसेको बैठकले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे निर्णय गरेको हो । प्रतियोगिता सहभागी हुने विद्यार्थी विवरण तोकिएको ढाँचामा पेश गर्नुपर्नेछ । गैर विद्यार्थी तथा १८ वर्ष भन्दा बढी उमेर समूहका विद्यार्थीले प्रतियोगितामा भाग लिन नपाउने गाउँपालिकाले जनाएको छ ।

प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदकतथा प्रमाणपत्र प्रदान गरिने पालिकाले जनाएको छ । प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाक वादुई फिल्ड एक ट्रयाकमा भाग लिन पाउने छन् । एथ्लेटिक्स प्रतियोगितामा प्रत्येक विद्यालयले रीले खेलको रुपमा महिला तथा पुरुष रीलेको प्रत्येक इभेन्टमा १÷१ समुह मात्र र अन्य प्रत्येक इभेन्टमा बढीमा २ खेलाडीलाई सहभागी गराउन सक्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्