अल नासर सेमिफाइनलमा


लन्डन, (एजेन्सी) । क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा अभा क्लबलाई ३–१ ले पराजित गर्दैअल नासरले अन्तिम चारमा स्थान पक्का गरेको हो । मंगलबार राति भएको खेलमा अल नासरको जितमा सामी अल नाजेइ, अब्दुल्लाह अल्खाईवारी र मोहम्मेद मरनले गोल गरे । अभाका अब्देल फटाह एडामले एक गोल फर्काए ।

यस खेलमा ३८ वर्षीय रोनाल्डोले पुरै समय मैदानमा बिताएपनि गोल र असिस्ट प्रदान गर्न सकेनन् । यसै विन्टरमा अल नासर पुगेका रोनाल्डोले क्लबका लागि ९ खेलमा ८ गोल र २ असिस्ट प्रदान गरिसकेका छन् ।

यस नतिजासँगै किङ्स कपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब अल नासरले सेमिफाइनलमा अल वेहेदासँग २४ अप्रिलमा खेल्नेछ । अल इतिहादले २३ अप्रिलमा अल हिलालसँग खेल्नेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।