लोकदोहोरीमा रसुवाको समूह प्रथम



रसुवा । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रसुवाको कालिका गाउँपालिकाको कालिकास्थानमा बुधबार भएको लोक दोहोरी प्रतियोगितामा उत्तरगया गाउँपालिका वडा नम्बर ३ डाँडागाउँको लोकदोहोरी प्रतिष्ठान रसुवाको समूह प्रथम भएको छ। समूहले पुरस्कारवापत १५ हजार रुपियाँ प्राप्त गरेको छ।

कालिका र उत्तरगया गाउत्ःपालिका रसुवाको आयोजना र रेडियो लाध्रटाध्रको संयोजनमा विभिन्न संघ संस्थाको सहकार्यमा सम्पन्न प्रतियोगिता आजको आवश्यकता छोरी बुहारीलाई अनिवार्य उच्च शिक्षा भन्ने विषयमा केन्द्रित थियो। प्रतियोगितामा कालिका गाउँपालिका वडा नम्बर १ राम्चेको सेतीभूमे माध्यमिक विद्यालयले दोस्रो भई १० हजार रुपियाँ र लालिगुराँस महिला बचत तथा ऋण सहकारी संस्थाले तृतीय भई पात्ःच हजार रुपियाँ प्राप्त गरेको छ। प्रतियोगितामा सुशीला तामाध्र, मनिता न्यौपाने र सीता घिमिरेको समूह सान्त्वना भएका थिए।

प्रतिक्रिया दिनुहोस्