बच्चा बोकेर गरिएको त्यो दमदार भाषण



धादिङ ।

धादिङको नीलकण्ठ नगरपालिकाले  ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना  गरेको  “श्रममा महिला पुरुष बराबरी, समृद्ध नेपालमा हाम्रो हिस्सेदारी” विषयक वक्तृत्वकला प्रतियोगितामामा जब रिता खनालको नाम बोलाइयो ।

विद्यालय तह पढ्दै गरेकी कुनै विद्यार्थी आएर  बोल्लान् भन्ने अनुमान सबैको थियो तर त्यसका विपरीत ४  वर्षीया महिला मञ्चतिर आइन  । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ कि ३८ वर्षीया रिता खनालले गरेको दमदार भाषण सुनेर सहभागिहरु ताली बजाइरहेका थिए । लामो समयदेखि कृषिमा आश्रित खनाल व्यावसायिक र परिश्रमी किसानको परिचयले चिनिने नाम हो ।

खनालले आफूले दिनभर काम गर्दा ५ सय ज्याला पाउँदा पुरुषले बराबर समय काम गर्दा ७ सय पाउने अवस्था रहेकोले समान कामकाे समान ज्याला नभएको गुनासो गर्नुभयो ।

स्थानीय सरकारसँग प्रश्न गर्दै खनालले बिहानभरी घरमा खाना बनाएर, लुगा धोएर, बालबच्चालाई खुवाएर वक्तृत्वकलामा आएको बताउनुभयो । निर्णायक मण्डलले खनालको दमदार भाषणलाई प्रथम भएको पुरस्कृत गरेको छ ।

बालिका बोकेर गरिएको दमदार र स्थानीय सर कारसँग दुख पोखिएको भाषणले सबैलाई आकर्षित गरेको थियो ।

’लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’’ भन्ने राष्ट्रिय नाराका साथ मनाएको  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङको नीलकण्ठ नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतियोगितामा  रीता खनाल प्रथम, सरिता तामाङ द्वितीय, नमिता अधिकारी तृतीय र सपना अर्याल शान्वतना हुनुभएको थियो। प्रथम,द्धित्तिय, तृतीय र शान्तवना हुनेहरुलाई क्रमशः नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्