धुलिखेल जिपलाइनमा फागुको रमाइलो (फोटो फिचर)



बनेपा। 

आज फागु पूर्णिमा । धुलिखेल जिपलाइनमा पनि रङहरूको यो पर्वको माहौल बिहानैदेखि देखिएको छ ।
होली मनाउने क्रममा धुलिखेल पुगेका युवा युवती रङ खेल्दै जिपलाइनमा रमाएका छन् । फागु पूर्णिमाको अवसरमा कुनै पनि  जिपलाइन खेल्दा २० प्रतिशत छुट समेत रहेको छ ।

शरीरमा हार्नेस बाँधेर क्याराभिनाको मद्दतले लट्ठा (फलामे डोरी) माथि घिर्नीमा झुन्डिँदै एक ठाउँबाट हावामा कावा खाँदै अर्को ठाउँसम्म  पुग्ने साहसिक र रोमाञ्चक खेल हो जिपलाइन ।

क्लासिक जिपलाइन, उडेझैँ खेल्न मिल्ने  सुपरम्यान जिपलाइन र टेण्डम (दुई जना सँगै खेल्न मिल्ने) जिपलाइन वल्र्ड वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सन्चलनमा ल्याएको ४ वर्ष पूरा भएको छ ।  सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरु गरिएको हो ।

धुलिखेल नगरपालिकाको थाक्ले देखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । दिनमा सय जनाले सेवा लिन सक्ने जिपलाइन असौसत ७५ किमी प्रतिघण्टाको गतिमा हुत्तिन्छ ।

करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी   तथा जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौँका भुपेश श्रेष्ठले करिब ७ करोडको लगानीमा जिपलाइनसँगै रेस्टुरेन्ट, रिसोर्ट र चिल्ड्रेन एड्भेन्चर पार्क निर्माण गरेका छ्न् ।

 

प्रतिक्रिया दिनुहोस्