कांग्रेस नेता दाहाल दम्पती झुन्डिएको अवस्थामा मृत भेटिए



ओखलढुंगा ।

नेपाली कांग्रेस ओखलढुंगाको पूर्व जिल्ला उपसभापति हेम प्रसाद दाहाल र उहाँको धर्म पत्नी बेदुका दाहाल झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । ओखलढुंगाका मोलुङ गाउँपालिका २ लामी डाँडा निवासी  दाहाल घर देखी २ सय मिटर अगाडी खनिउको रुखमा र श्रीमती बेदुका दाहाल घर देखी करिब ४० मिटर अगाडी सिरिसको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरबाट नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धानको प्रक्रिया अगाडी बढाएको नेपाल प्रहरीले जनाएको छ ।
दाहाल दम्पतीका १ छोरा र ५ छोरी गरी ६ सन्तान रहेका छन् । छोरा छोरी सबै जना अन्यत्रै रहेका र घटना स्थलमा आउने क्रममा रहेकाले छोरा छोरीहरु आई पुगे पछि मात्रै पोस्टमार्टम प्रक्रिया अगाडी बढाइने समेत जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

२०३१ साल देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका दाहाल क्षेत्रीय सभापति हुँदै जिल्ला उप सभापति समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्