ज्याकी : आई एम ट्वाइन्टीमा धीरजको संघर्ष

0
Shares

आगामी वैशाख २१ गते अल नेपाल रिलिज हुने फिल्म ज्याकीः आई एम ट्वान्टी वानको टिजर हालै सार्वजनिक गरिएको छ। फिल्मको टिजरमा नायक धीरज मगरलाई मात्र प्रस्तुत गरिएको छ। टिजरमा धिरजको सपनाको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

बाबु र आफ्नो सपना फरक हु“दा एक युवकले गरेको संघर्षलाई टिजरमा प्रस्तुत गरिएको छ। फिल्ममा धीरज मगरको साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायतका कलाकारले अभिनय गरेका छन्।

रेनशा राई रानाले निर्देशन गरेको फिल्ममा निर्देशक रानाका साथमा सोमनाथ खनालको संवाद, कालीप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत, सुशान्त प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। फिल्म आईकोर फिल्मस्ले निर्माण गरेको हो।

निर्देशक रानाका अनुसार फिल्मले एक युवाको डान्सको सपना प्रस्तुत गरेको छ। आईकोर फिल्मस्ले यसअघि इन्टु मिन्टु लन्डनमा निर्माण गरेको थियो।