काठमाडाैं ।
न्युयोर्कवाट नयाँ दिल्लीका लागि उडान भरेकाे विमान भित्रै एक भारतीय यात्रुले पिशाव फेरिदिएका छन । शनिबार राती दिल्ली एअरपोर्टमा अवतरण गरेको एए २९९ को उडानकाे विमानमा भारतीय विद्यार्थीले आफ्नै सहयात्रीको शरिरमा पिशाब फेरिदिएका हुन् ।
मादक पदार्थ सेवन गरेका ती विद्यार्थीले आफनै सहयात्रीलाई पिशाब फेरिदिए पछि दिल्ली एअरपोर्टमा बिमान अवतरण हुने बितिक्कै उनलाई नियन्त्रणमा लिईएको छ । भारतीय नागररिक उडडयन महानिर्देशनालय (डिजिसि)का अनुसार सो घटना पछि एअरलाईन्सका चालक सदस्य दलले विमानलाई सहजै दिल्ली एअरपाेर्ट सहजै अवतरण गराईएको जनाएको छ ।
अमेरिकी एअरलाईन्सले एक विज्ञप्ति जारी गरी बिमान भित्र दुर्ब्यहारको घटना भए पनि पाईलटहरुले सहजै स्थीति नियन्त्रणमा लिन सकिएको जनाउँदै बिमानका अन्य यात्रुहरुलाई कुनै समस्या नपरेको जनाएको छ ।
दिल्ली एअरपोर्टका डिसीपी देबसकुमार महलाकाका अनुसार दिल्ली प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको छ । ‘बिमान भित्रै मादक पदार्थ सेवन गरे सहयात्री माथी गर्ने ती विद्यार्थीलाई दिल्ली एअरपोर्टवाट नियन्त्रणमा लिइसकेको छ’ उनले भने । पक्राउ परेका उनलाई भारतीय नागरिक उडडयन महानिर्देशनालयले केही समयका लागि उनलाई हवाई सवारीमा प्रतिबन्ध लगाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिमानस्थलमा हर्कत गर्ने विद्यार्थीको नाम भने उनको करिअरलाई ख्याल गरेर गोप्य राखिएको भारतीय प्रहरीले जनाएको छ। यसअघि पनि एक भारतीयले बिमान भित्र यस्तै हर्कत गरेको घटना सार्वजनिक भएको थियो ।
प्रतिक्रिया