चैत २४ मा आउने भयो प्रसाद २



आगामी चैत्रको २४ गते रिलीज गर्ने घोषणाका साथ सामाजिक फिल्म प्रसाद २ को टझेलर सार्वजनिक गरिएको छ।

प्रसादको सफलतापछि त्यसको सिक्वेलस्वरुप प्रसाद २ निर्माण गरिएको हो। सुदर्शन थापाले निर्देशन गरेको फिल्मले राजनीतिक र सामाजिक कथा उठान गरेको छ। फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन्। उनीहरुको वैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्या, त्यसमा अन्य व्यक्तिले गरेको षड्यन्त्र टझेलरमा देखाइएको छ। विपिन र केकीका साथमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेको फिल्ममा सुशील पौडेलको कथा, राजनराज सिवाकोटीको संगीत, राजेश श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

सुलभ थापा प्रोडक्सनको सहयकार्यमा एसजी फिल्म्स्को ब्यानरमा सुदर्शन बस्नेतको निर्माण र सुभाष थापाको प्रस्तुतिमा फिल्म निर्माण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्