बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

काठमाडौं।

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका-५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २७ वर्षीय कृष्ण बहादुर गुरङरहेका छन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

उनलाई उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो।

त्यस पछि फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो ।

कृष्णले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ ।