छड्के-२ का लागि भिटेनको छड्के खालास्



पर्सी बिहीबार रिलिज हुने अनमोल केसी स्टारर फिल्म छड्के–२ को छड्के खालास् बोलको गीत सार्वजनिक गरिएको छ।

हिपहप जनराको गीतमा भिटेनले गाएका छन् भने शब्द र संगीत पनि उनकै रहेको छ। गीतको भिडियोमा कलाकारहरुको मस्ती मुड, द्वन्द्व र केही संवादसहितका दृश्य समेटिएको छ।

निगम श्रेष्ठको लेखन र निर्माण रहेको फिल्मले देशको प्राकृतिक स्रोत हत्त्याउन संघर्षरत तीन ग्याङको कथा भन्छ। रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रिन ग्याङबीचको लडाईंमा अनमोल केसीले ग्रिन ग्याङको प्रतिनिधित्व गर्छन्। उनी फिल्ममा मेनडगको भूमिकामा छन्। यो फिल्म १० वर्षअघिको फिल्म छड्केको सिरिज हो।

अनमोलका साथमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देबु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवि अधिकारी, कुमार घलानलगायत कलाकारले अभिनय गरेको फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व, मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन तथा रवि चौधरी र लोकेश बज्राचार्यको सम्पादन छ। निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स् र मेधाको ब्यानरमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठद्वारा निर्मित फिल्ममा निर्भाना फिल्म स्कुल र लक्ष्मण काप्mले कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्