सिलीगुडीमा नीलको सैलुन लाउन्ज



हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले भारतको सिलिगुडीस्थित सेवकरोडस्थित अत्याधुनिक एक्रोपोलिस मलको तेस्रो तल्लामा नीलडेभिड् ब्रान्डको नील डेभिड्स द सैलुन लाउन्ज सञ्चालनमा ल्याएका छन्।

नीलडेविड्स ब्रान्डको उक्त नयाँ सैलुनको मलका सञ्चालक अनिल मसानी, राजेश अग्रवाल, निर्माता निर्देशक टिकम शर्मा, गायक कर्मा शेर्पा, बंगाली अभिनेत्री अंकिता दास, मोडल सुकचन्द थापा, सञ्चारकर्मी शिवु क्षेत्री र कटवालले हालै संयुक्त शुभारम्भ गरेका हुन्।

लाउन्जमार्फत नील डेभिडले इन्टेरियर डिजाइनिङमा पनि कदम राखेका छन्। सो लाउञ्जको इन्टेरियर डिजाइन कटवाल आफैंले गरेका हुन्। सन् २०२३ देखि फ्रेन्चाइज मोडलको रुपमा डिजाइन गरिएको यो मोडल सलून १२ सय स्क्वायर फिटमा छ।

सो अवसरमा कटवालले आगामी भदौदेखि नील डेभिड कटवाल सिग्नेचर सलुन संयुक्त रुपमा नीलडेविड कटवाल, सरोज थापा र राजन कटवालको साझेदारीमा बुटवलमा सञ्चालनमा आउने जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्