एक्कासि परेको पानीले सर्वसाधारणलाई अन्यौल (फोटो फिचर)



काठमाडौं ।

आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै  सर्बसाधारणलाई असहज भएको छ ।

अचानक मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो ।

काठमाडौं उपत्यकासहित  पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भूभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्