भीमसेन स्मृतिकप एड्भान्स एकेडेमीको हातमा



धादिङ। 

जिल्ला विकास समितिका पूर्वसभापति एवं नीलकण्ठ माविका पूर्वअध्यक्ष स्व भीमसेन कुमार श्रेष्ठको स्मृतिमा सञ्चालित भीमसेन स्मृतिकप भलिबलको उपाधी एड्भान्स एकेडेमीले जितेको छ ।

नीलकण्ठ नगरपालिकाका ११ विद्यालयहरु सहभागी प्रतियोगितामा पशुपति मावि द्वितिय, र नीलकण्ठ मावि तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम एड्भान्स एकेडेमीले नगद ३० हजारसहित ट्रफी र प्रमाण पत्र, दोस्रो बनेको पशुपति माविले नगद २० हजारसहित ट्रफी र प्रमाण पत्र, तृतीय बनेको नीलकण्ठ माविले नगद १३ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी सहभागी विद्यालयहरुलाई ५–५ हजार नगद प्रदान गरिएको थियोे ।

नीलकण्ठ माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवम् गोविन्द लम्सालको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समापन तथा पुरस्कार वितरण समारोहमा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले पुरस्कार वितरण गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्