७० वर्ष पुरानो नम्बरी सुन



७० वर्ष पुरानो कथामा आधारित फिल्म नम्बरी सुनको ९० प्रतिशत छायांकन सकिएको यसको निर्माण समूहले जानकारी गराएको छ।

सिकाली चौरबाट शुरु भएको छायांकन अहिले लमजुङको भुजुङ गाउँमा १९औं दिनको छायांकन चल्दैछ। निर्माण समूहका अनुसार गुरुङ भाषाको छायांकान स्थल भुजुङमा पहिलोपटक नेपाली भाषाको फिल्म छायांककन गरिएको हो। ७० वर्ष पुरानो कथा भएकोले पनि लम्जुध्रको भुजुङ गाउँमै सुटिध्र गरिएको कथाकार तथा प्रस्तुतकर्ता नारायण खातीले जानकारी गराए। फिल्मका निर्देशक राजु गिरी सिनेमाको कथाले नै पौराणिक गाउँ खोजेकाले भुनुङ गाउँ पुगिएको बताए ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, अनिता गिरी, मिठु मारकेन राजेन्द्र गिरी, आशा भारती, बालकलाकार काजल गिरी, कंगना गिरी, विमर्श कुँवर, सक्षम गहतराज, श्रीयान्स खातीलगायतका कलाकारले अभिनय गरिरहेका छन्।

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा सरोज खाती, सविन खाती र मनोज रिजालद्वारा निर्माणाधीन फिल्ममा शिवम् अधिकारीको पटकथा र संवाद लेखन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछाने नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, दिव्य सुवेदीको छायांकन र गौतम राज खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्