सहायक श्रीमान् अन्तर्राष्ट्रिय महोत्सवमा



नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म सहायक श्रीमान् (का–हजबेन्ड) विश्वका विभिन्न देशका फिल्म महोत्सवमा छनोट हुने क्रममा भारतको केरलाको साइन अन्तर्राष्ट्रिय फिल्म महोत्सव र बेलायतको लन्डनमा आज सोमबारबाट हुने लन्डन माउन्टेन फिल्म महोत्सव, मार्च २४ देखि २६ सम्म क्यानडाको नर्थ बे ओन्टारियोमा हुने गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा युरोपियन मुलुक स्लोभाकियामा आयोजित टाटझास अन्तर्राष्ट्रिझय फिल्म महोत्सवमा छनोट भएको निर्देशक गणेश पाण्डेले जानकारी गराए।

विश्वका विभिन्न महोत्सव र मेलामा विजयीसमेत हुँदै आएको ३५ मिनेटको यो डकुमेन्टझी फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा अझै विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्।

प्रतिक्रिया दिनुहोस्