रक्षेश्वर महादेव मन्दिरका लागि अक्षयकोष स्थापना



धादिङ । 

नीलकण्ठ नगरपालिका वडा नम्बर ४ जयन्ती डाँडामा रहेको रक्षेश्वर महादेव मन्दिरमा अक्षयकोष स्थापना गरिएको छ ।
स्थानीय सामाजिक कार्यकर्ता रामचन्द्र अधिकारीले महाशिवरात्रिको अवसरमा काेष स्थापनाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराउनु भएको छ ।

मन्दिरको नियमित पूजा आजा चलाउन स्थायी कोषको अभाव भएकोले यसलाई नियमितता दिनका लागि अक्षयकोष स्थापना गरिएको काेषका संस्थापक अधिकारीले बताउनुभयो ।

गाउँमा बसोबास गर्नेहरुकाे रक्षा गर्ने महादेव भएकोले रक्षेश्वार नामाकरण भएको किम्बदन्ती रहेको छ ।

रक्षेश्वार महादेव मन्दिरमा महाशिवरात्रि, जनैपुर्णिमा, तिज पञ्चमीमा मेला लाग्ने गरेको छ । धादिङबेसिबाट करिब डेढ किलोमिटर दुरीमा रहेको रक्षेश्वर महादेव मन्दिर क्षेत्र  स्वच्छ वातावरण र रुखविरुवाले मनमोहक क्षेत्रकाे रुपमा रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्