छक्का पञ्जा–४ को धमाकेदार ट्रेलर



बक्स अफिसमा निराशा छाइरहेको अवस्थामा यस वर्षकै बहुप्रतीक्षित मानिएको फिल्म छक्का पञ्जा–४ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक गरिएको तीन मिनेट २० सेकेन्डको टझेलरले समसामयिक राजनीतिप्रति व्यग्य गर्दै गुन्डागर्दी, वैदेशिक रोजगारजस्ता विविध विषय फिल्ममा उठाइएको प्रष्ट्याएको छ। नेपाली राजनीतिमा देखिइरहने दृश्यका साथमा हालै फेरिएको परिदृश्य झल्कने टझेलरमा छक्का पञ्जाको पुरानै पात्र राजालाई निरन्तरता दिइएको छ। ग्रामीण चुनाव देखाइएको फिल्मको टझेलरमा चुनाव सुरु भएसँगै राजा सुधार गृहबाट निस्कन्छ र आपूmलाई सघाउने नेताको लागि भोट माग्छ। गुण्डादेखि नेतासम्म हुने राजाकै वरिपरी टझेलर निर्माण गरिएको छ भने फिल्मका सबैजसो मूख्य कलाकारलाई यसमा समेटिएको छ। टझेलरमा राजा भन्छन् बुबा हजुरले सधैं ठूलो मान्छे बन्न सिकाइस्यो, ठूलो मान्छे बन्ने चक्करमा राम्रो मान्छे बन्न भुलेछु । माग्नेबुढाले चरित्र फेर्दै भन्छ, मास्टर हुँ डस्टर बोक्छु, पार्टीको झण्डा होइन। फेरिएको बुद्धि तामाध्रको चरित्र भन्छ, समृद्धिको बुद्धि आइसक्यो, अब गणतन्त्रमा यत्राको राजा? रमेश बुढाथोकीको चरित्र भन्छ, सामाजिक सञ्जालको हिरोलाई सामाजिक सञ्जालमै ठीक पार्नुपर्छ। यसका लागि साइबर सेना चाहिन्छ।

फिल्ममा दीपकराज गिरी राजा पात्रको भूमिकामा दोहोरिएका छन् भने बेनिशा हमाल पत्रकार र दीपाश्री निरौला दीपकराजको पत्नीको भूमिकामा छन्। फिल्ममा नीर शाह, केदार घिमिरे, बुद्धि तामाध्र, रमेश बढाथोकी, निर्मल शर्मा, सविन बास्तोला, अनुरागमान सिंह कँवर, मलिना जोशी, विष्णु सापकोटा, राज आचार्य, सुष्मा निरौला, मलिना जोशी, वेदना राई, लुनिभा तुलाधरलगायतले पनि अभिनय गरेका छन्।

आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा हेमराज बीसीद्वारा निर्देशित फिल्म आगामी फागुन १९ गते रिलिज हुँदैछ। रिलिज भएको छोटो समयमै यसको टझेलर युट्युबको एक नम्बर टझेन्डिध्रमा आएको छ।

प्रतिक्रिया दिनुहोस्