आर्मीका गजिन्द्रलाई हाफ म्याराथनको उपाधि



बुटवल।

नेपाली सेनाको ३ सय ६० औँ वार्षिक उत्सव तथा महाशिवरात्रि २०७९ को अवसरमा शनिबार बुटवलमा गरिएको हाफ म्याराथन त्रिभुवन आर्मी क्लबका गजिन्द्र राईले जित्नु भएको छ । राईले १ घण्टा ६ मिनेट ५० सेकेन्डमा २१ किलोमिटरको दुरी पार गर्दै उपाधि चुमेका हुन । उपाधिसँगै उहाँले नगद ४० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनु भयो ।

प्रतियोगितामा आर्मीकै सुशील कुमार शाही १ घण्टा ७ मिनेट ४६ सेकेन्डमा दुरी पार गर्दै दोस्रो बन्दै नगद २५ हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनु भयो । आर्मीकै जितेन्द्र दनुवार १ घण्टा १९ मिनेट ५७ सेकेन्डमा दुरी पार गर्दै तेस्रो बन्दै नगद १५ हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनु भयो ।

मध्य पश्चिम पृतना र श्री नं २२ बाहिनी अड्डाले आयोजना गरेको खुल्ला हाफ म्याराथन पुरुष तथा १० किलोमिटर (महिला/पुरुष) दौड प्रतियोगिताको पुरुष १० किलोमिटर दौड त्रिभुवन आर्मी क्लबका खगेन्द्र रानाभाट ३१ मिनेट ३७.४२ सेकेन्डमा दुरी पार गर्दै उपाधि चुमेका छन् ।

एपीएफका सन्जित नेपालीले ३४ मिनेट ४७.५७ सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुनु भयो । महावीर गणका रमेश सिजापति ३६ मिनेट ४२.१५ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । १० किलोमिटर महिला दौड त्रिभुवन आर्मी क्लबकी  गीता विकले ४० मिनेट १५.०५ सेकेन्डमा दुरी पार गर्दै प्रथम हुनु भयो । आर्मीकै निर्मला केसी ४१ मिनेट १५.२० सेकेन्डमा दुरी पार गर्दै दोस्रो हुनु भयो  । यसगरि महेन्द्र दल गणकी धनमाया बोहराले ४३ मिनेट ४६.१५ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्नु भयो । प्रतियोगिताको प्रथम, द्धितिय र तृतिय खेलाडीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनु भयो ।

मध्य पश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी याम प्रसाद ढकाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, श्री नं २२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी नवराज गुरुङले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कृत वितरण गर्नु भएको हो । कार्यक्रममा ४ सय बढी खेलाडीहरु सहभागी रहेको समन्वयकर्ता नरेश अर्यालले बताउनु भयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्