गठबन्धन जोगाउने नजोगाउनेमा नेकपा एमाले नै निर्णायक हो : इन्चार्ज साह



महोत्तरी। 

गठबन्धन जोगाउने, नजोगाउने विषयमा नेकपा एमाले निर्णायक रहेको माओवादी केन्द्रका केन्द्रीय  सदस्य गणेश साहले बताएका छन् ।

राष्ट्रपति निर्वाचनको विषयमा माओवादी केन्द्रले स्वतन्त्र व्यक्तित्व खोजिरहेको बताउँदै नेकपा एमालेले पनि यसलाइ साथ दिनेमा  उन्ले विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रको नामको सम्बन्धमानसमेत छलफल भइरहेको मधेश प्रदेशका इन्चार्जसमेत रहेका साहले जानकारी दिए ।

मधेश प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी हुन आएका नेता साहले विदेशी शक्तिको हस्तक्षेपले नै पछिल्लो समय माओवादी केन्द्र कमजोर बन्दै गएको आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस्