भूकम्पमा परी टर्कीका गोलकिपरको निधन



एजेन्सी ।

टर्की र सिरियामा सोमबार गएको ७.८ रेक्टरको भूकम्पमा परि टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको निधन भएको छ । तुर्कास्तानले व्यवसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टि गरेको हो ।

उक्त भूकम्पमा परी पाँच हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् । ‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भूकम्पमा परि ज्यान गुमाएका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हार्दिक श्रद्धाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ ।’

प्रतिक्रिया दिनुहोस्