मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद सजाय



काठमाडौँ।

जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दा लागेका मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ।

सोमबार न्यायाधीश दीपक ढकालको इजलासले सात वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालत काठमाडौं जनाएको छ।

पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।

यो मुद्दामा १० माघमा न्यायाधीश दीपक ढकालले पाण्डेलाई सो मुद्दामा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्