सांसद चौधरीलाई रिहा गर्न २४ घन्टे अल्टिमेटम

0
Shares

कञ्चनपुर।

नागरिक उन्मुक्ति पार्टीले सांसद अरुणकुमार चौधरीलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ। बिहीबार एक विज्ञप्ति जारी गरेर २४ घण्टाभित्र सांसद चौधरी रिहा नभए आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन समेत दिएको छ ।

‘उनी २०६६ देखि आजसम्म कहिँ कतै फरार थिएनन्। यसबीचमा ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्,’ पार्टी प्रवक्ता दामोदर पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यो बीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेका थिए? आज नागरिक उन्मुक्ति पार्टीबाट विजयपश्चात् यो मुद्दा किन उदयो? पूर्वाग्रही आँखाले किन हेरियो?’