गोदावरीमा एक जना मृत फेला



धनगढी।

कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला परेका हुन् ।

उनी आफ्नै खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्