अवस्था ठिक नभएका सवारी साधन चलाउने २५ जना चालक कारवाहीमा



काठमाडौँ।

यान्त्रिक अवस्था ठिक नभएका २५ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।आइतबार भक्तपुरको जगातीमा गरिएको विशेष चेकिङका क्रममा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २५ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो ।

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगाती क्षेत्रमा आज खटिएको थियो ।

नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन्। ।

 

 

 

प्रतिक्रिया दिनुहोस्