हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला



गुल्मी।

गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। मुसिकोट नगरपालिका ७-स्थित वामिटक्सारमा ५७ वर्षीया गंगा शेरचनको शव घर भित्रै फेला परेको हो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेको छ। शव घरभित्रै रहेको र बाहिरबाट हेर्दा हात खुट्टा बाँधेको अवस्थामा देखिएको बताइएको छ।

उक्त घरमा उनी होटल चलाएर एक्लै बस्ने गर्दथिन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धानको लागि कुकुर ल्याउने तयारी पनि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्