नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश



काठमाडौँ।

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । नायिका गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।उनी पछिल्लो समय समाज सेवामा पनि सक्रिय थिइन्।

एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्