म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते



म्याग्दी।

म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन् । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप आज दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मृत्यु हुनेमा मङ्गला-१ की ६० वर्षीया फौमाया गर्बुजा रहेकी छन्।उनको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरु मङ्गला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी केसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

मङ्गला-१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मङ्गला-२ की २२ वर्षीया विपना कार्की, मङ्गला-१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला-२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्