लुम्बिनी प्रदेशले आयोजना गर्ने युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रममा रुपन्देहीबाट पौडेल र भुज छनोट



बुटवल।

लुम्बिनी प्रदेशले आयोजना गर्ने युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम रुपन्देहीको एउटै गाउँपालिका सियारीवाट दुवै जना छनोट भएका छन् । सियारी ७ अमुवाका सुजन पौडेल र सियारी ३ का निरङकर भुज छनोट भएका हुन् ।

रुपन्देही जिल्ला स्तरीय युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्तरगत भएको छनौट कार्यक्रममा पौडेल र भुज छनोट भएका हुन ।
सियारी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा सियारी ७ अमुवाका सुजन पौडेल प्रथम हुदै प्रदेश स्तरीय कार्यक्रमका लागि छनौट हुनु भएको हो । प्रतियोगितामा सियारी ३ का निरङकर भुज दोस्रो र सियारी ५ का सञ्जय मुराउ तेस्रो हुनु भएको छ ।

कार्यक्रममा सहभागिताका लागि रुपन्देहीका सबै स्थानीय पालिका, क्याम्पस, स्कुल तथा १६ देखि ४० बर्ष उमेर समुहका युवायुवतीले भाग लिन सक्ने गरी सियारी गाउँपालिकाले सुचना जारी गरी युवाहरुको नयाँ नयाँ प्रतिभाको खोजी गरेको थियो ।

युवाहरुको प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सियारी, शुद्धोधन र बुटवलका ७ जना युवा, युवतीले भाग लिएका थिए । कार्यक्रममा भाग लिएका युवायुवतीले आफूले तयार गरेको नवप्रवर्तनात्मक विचार, प्रबिधिको प्रदर्शनी तथा प्रस्तुतीकरण गरेका थिए ।

१६ देखि ४० वर्ष उमेर समूहका युवा लक्षित सशर्त कार्यक्रम अन्तरगत युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम सञ्चालन सम्वन्धी कार्यप्रकृया २०७८ अनुसार युवा नवप्रवर्तनात्मक विचार प्रदर्शनी तथा प्रस्तुतीकरण गर्न राष्ट्रिय युवा परिषदले सियारी गाउँपालिकालाई छनौट गरेको थियो ।

प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गरेका प्रतियोगिले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिनुभयो ।

सियारीमा भएको युवा प्रतिभाहरुको खोजी कार्यक्रमले युवायुवतिको प्रतिभाले सियारीको विकासमा थप टेवा पु¥याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनु भयो । उहाँले सियारी भित्रका युवाहरुले आबिस्कार गरेका प्रबिधिको बिकास, बिस्तार र प्रचार प्रसारमा पालिकाले हालेमालो गर्ने बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रोमनाथ न्यौपानेले युवाहरुलाई प्रतिभावान बन्न आग्रह गर्दै प्रतिभा भएका व्यक्ति अवसरबाट बञ्चित हुन नपर्ने बताउनु भयो । उहाँले सियारीले आयोजना गरेको उक्त कार्यक्रमले युवाहरुको प्रतिभा पहिचानमा महत्वपुर्ण भूमिका खेलेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्